Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हमास–इजरायल द्वन्द्व चर्कंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव छ । तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिएका छन् । गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानी समेत नभएको बताए ।

गाजामा केही नभएको र यो क्षेत्र घेराबन्दी र घातक युद्धबाट पीडित रहेको त्यहाँबाट विस्थापित व्यक्ति सइद महमूदले बताए । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको उनको भनाइ छ ।

अर्का एक विस्थापितले पानी पिउन समेत नपाएर कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताए । खानेकुरा नपाउनु ठूलो कुरा नभएको भन्दै उनले पानी समेत पिउन नपाएको दुखेसो गरे । उनले पानीका निम्ति समुद्र एक मात्र विकल्प भएको बताए । पानीका निम्ति समुद्र धाउनुपरेको र त्यहीँ बस्ने गरेको उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया