Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सहयोग पुराउन त्यसतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीसहितको टोली आइतबार साँझ भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।

एनआरएनए टोली भूकम्प पीडितहरूका लागि त्रिपाल, कम्बल, औषधि लगायतका आवश्यक सामग्री सहित जाजरकोट प्रस्थान गरेको संघका अध्यक्ष शर्माले जानकारी दिए । यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरूले विपद् सहायता कोषका लागि सहयोग रकम घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म झन्डै एक करोड संकलन भइसकेको छ ।

भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर आफूहरू प्रस्थान गरेको अध्यक्ष शर्माले बताए । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरणलगायतका कामहरु गर्ने बताएकाले सरकारी निकायसँग समन्वय गरेर नै आफू रुले काम गर्ने उनको भनाई छ ।

यसअघि अध्यक्ष शर्माले आउँदो दुई वर्षभित्र १० करोडको विपद् सहायता कोष बनाउने घोषणा गरेका थिए । संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रहसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया