Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापान, कान्तो क्षेत्रीय कमिटीको अध्यक्षमा सुनिल देवकोटा सर्बसम्मत चयन भएका छन् ।

आइतबार सम्पन्न कान्तोको सातौं अधिवेशनबाट सर्बसम्मत गठित कार्यसमितिका उपाध्यक्षहरुमा हरिचन्द्र बाँस्तोला, बिनोद ढकाल र श्रीराम रिजाल रहेका छन् भने सचिवमा सन्दिप सुनार, सहसचिवहरुमा विजय खत्री, शिखर चौलागाईँ र विष्णुकुमार आङदावे रहेका छन् ।
यसैगरी कोषाध्यक्षमा रविन्द्र पाण्डे र सहकोषाध्यक्षमा सुष्मा लामिछाने चयन भएका छन् । यसैगरी सदस्यहरुमा महाशर्मा भण्डारी, थमनबहादुर रायमाझी (अनिश), माओदीप राई, खगेन्द्र ढकाल, पर्वत जम्मरकट्टेल, कृति खनाल र किरण राना मगर चयन भएका छन् भने आवश्यकता अनुसार सदस्यहरु पछि थप्न सक्ने म्याण्डेट अधिवेशनले नयाँ कार्यसमितिलाई प्रदान गरेको छ ।

कान्तोका अध्यक्ष गोकर्ण बर्तौलाको सभापतित्व र प्रवास समन्वय समितिका सदस्य डा. भूपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशन समारोहमा सागर कार्कीको स्वागत मन्तब्य रहेको थियो ।अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्चका कार्यवाहक अध्यक्ष मोहन पौडेल, इञ्चार्ज रामहरि पुडासैनी, प्रवास समन्वय कमिटीका सदस्य अरुण श्रेष्ठ, सल्लाहकार शालिकराम भण्डारी, प्रमुख अतिथि डा. श्रेष्ठ, कान्तो इञ्चार्ज अर्जुन अम्गाई लगायतका ब्यक्तिहरुको मन्तब्य रहेको थियो । बोल्ने वक्ताहरुले नेपाली जनप्रगतिशील मञ्च जापानको संगठन निर्माणमा कान्तोको महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गर्दै अघिल्लो वर्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जापान भ्रमण ऐतिहासिकरुपले सफल बनाउन कान्तोको भूमिका सह्रानीय रहेको बताएका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष बर्तौलाले कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै मौजुदा कार्यसमिति भंग गरी ३ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेका थिए । मञ्चका महासचिव समेत रहेका अध्यक्ष मण्डलका संयोजक बाबुराम पौडेलले नवगठित कार्यसमितिको घोषणा गर्नुका साथै शपथ ग्रहण गराएका थिए भने सल्लाहकार तिलक मल्लले नवगठित कार्यसमितिलाई बधाई दिएका थिए । अधिवेशन समारोहमा सचिव हरि बाँस्तोलाको सञ्चालन रहेको थियो । अधिवेशन समारोहको प्रारम्भमा विभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने महान सहिदहरुका साथै हालैमा जाजरकोट, रुकुम लगायतका जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति १ मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । ***

तपाईको प्रतिक्रिया