Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्वसाधारण उपभोक्ताका लागि तिहारको अवसरमा सुनको असर्फी र मेडालियन (चाँदीको सिक्का) विक्री सुरु गरेको छ । राष्ट्र बैंकले आज (आइतबार) देखि विक्री खुल्ला गरेको हो । राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्राम सुनको सिक्का विक्रीमा राखेको हो । सुनको सिक्का १० ग्रामको बजार मूल्य १ लाख २ हजार तीन ६५ रुपैयाँ तोकिएको छ भने ५ ग्रामको ५१ हजार तीन ८३ रुपैयाँ तोकिएको छ। त्यस्तै २.५ ग्रामको सिक्काको मूल्य २५ हजार पाँच सय ९२ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले चाँदीमा भने २५ ग्राम, १०/१० ग्रामका गाई, लक्ष्मी र गणेश अंकित सिक्का बिक्रीमा ल्याएको छ । २५ ग्राम चाँदीको सिक्काको मूल्य ४ हजार रुपैयाँ र १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रहेको छ ।

विक्री खुल्ला भएको पहिलो दिन सुनचाँदीको सिक्का खरिद गर्नेहरुको भीड लागेको छ ।

तपाईको प्रतिक्रिया