Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौं – ओमानले नेपाललाई सुपर ओभरमा ११ रनले पराजित गरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछाएको नेपालले एक विकेट गुमाउँदै १० रन मात्र बनाएपछि फाइनलमा ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरेका थिए । ओमानले सुपर ओभरमा पहिला ब्याटिङ गर्दै ओमानले २१ रन बनाएको थियो । सुपर ओभरमा नेपालका लागि अविनाश बोहोराले बलिङ गरेका थिए ।

टी-२० विश्वकप छनौटको एशिया क्षेत्रको फाइनल खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको हो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया