Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस :

काठमाडौं – सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ । आज आइतबर बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ ।

“सम्पूर्ण घाइतेको उपचार निःशुल्क गर्ने निर्णय भएको छ,” बैठकपछि उनले भने, “हामी व्यवस्थापन गर्छौँ । जति महंगो उपचार गर्नुपर्ने अवस्थामा पनि सरकारले खर्चको व्यवस्थापन गर्नेछ ।” काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको बताउँदै अब ‘रेस्क्यु’ गर्नुपर्ने अवस्थाका बिरामी बाँकी नभएको बताए ।

“घर बनाउनेदेखि लिएर खाद्यान्न, त्रिपाललगायतका व्यवस्थाका बारेमा पनि छलफल भएको छ,” उनले भने, “राहतको कुरा पहिले भन्दा बढाउने भन्ने भएको छ तर सबैको छुट्टाछुट्टै प्रस्ताव रहेकाले निर्णय भएको छैन । खाद्यान्न पनि आजैदेखि पठाउछौँ । तीन दिन भित्रमा कुनै पनि कुराको कमजोरी हुन नदिने र बसोबासको व्यवस्था मिलाउने तयारी गरेका छौँ ।”

तपाईको प्रतिक्रिया