Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागिरहेकी गायिका शान्ता जिसीको नयाँ गीत ‘यस्तो भा छ मलाई त…’ सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले साथ दिएका छन् ।

गीतको म्युजिक भिडिओ शान्ता जिसीकै अफिसियल च्यानल युट्युबमार्फत सार्वजनिक भएको हो । गीतकार लोकराज अधिकारीको शब्द रचना रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन प्रसिद्ध सङ्गीतकार अर्जुन पोख्रेलले गरेका हुन् ।

नयाँ पुस्ताको मायाप्रेम र भोगाइमा आधारित रहेर तयार पारिएको गीत रोमान्टिक बनेको छ । अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायिका जिसीले बताइन् ।

गीतको म्युजिक भिडिओमा कुशल कोरियोग्राफर समेत रहेका निर्देशक काजिश श्रेष्ठ मोडलहरू लोमश शर्मा, करिश्मा ढकाल र सामरिका ढकालको अभिनय देख्न सकिन्छ । कथानक डान्सिङ नम्बर रहेको गीतलाई क्यामेरा म्यान अजय रेग्मीले खिचेका हुन भने दीपक बिस्टले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया