Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ प्रस्थान गरेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि ४.८, ४.२, ४.३ म्याग्निच्युडको भूकम्प गएका कारण रुकुम पश्चिम र जाजरकोटका दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ ।

यो पनि : भूकम्पमा परी जाजरकोट र रुकुममा १२८ जनाको मृत्यु (अपडेट)

तपाईको प्रतिक्रिया