Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – नेपाल टी२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार यूएईलाई पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएपछि नेपाली टिमले चौतर्फी बधाई पाइरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत निरन्तरको प्रयासले विश्वकपमा पुगेको भन्दै बधाई दिएका छन् ।

यस्तै कांग्रेस महामन्त्री गगन थापाले पनि सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, “टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।”

त्यस्तै नेपाल-टी २० विश्वकप २०२४ का लागि छनोट भएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि बधाई दिएका छन् । सामाजिक सञ्जालमा उच्चपदस्थ व्यक्ति, कलाकारदेखि सर्वसाधारणले नेपाली टिमलाई बधाई दिएका छन् ।

नेपाल टी २० विश्वकपमा १० वर्षपछि दोस्रोपटक छनोट भएको हो । यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।

 

तपाईको प्रतिक्रिया