Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत ७ महिनामा वैदेशिक रोजगारीमा कार्यरत ४ लाख कामदार सूचीकरण भएका छन् । सात महिनाको अविधिमा ३ लाख ९३ हजार ५०१ जना विदेशमा कार्यरत कामदार आवद्ध भएका हुन् ।

सरकारले चैत ८ देखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका कामदारलाई कोषको कार्यक्रममा समेट्न थालेको थियो । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेलामा योजनामा समावेश भइरहेको सामाजिक सुरक्षा कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका कामदारले श्रम स्वीकृति लिएपछि कोषमा योजनालाई अनिवार्य गरेको उनले बताए । करिब ७६ करोड १६ लाख ८० हजार २२४ रुपैयाँ योगदान रकम जम्मा भएको छ ।

वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेकाले न्यूनतम २ हजार ३ सयदेखि अधिकतम २८ हजार रुपैयाँसम्म कोषमा योगदान गर्न सक्ने छन् । कोषमा हालसम्म औपचारिक, अनौपचारिक, वैदेशिक रोजगार र स्वरोजगार गरेर ८ लाख ४५ हजार १९३ श्रमिक आवद्ध भइसकेका छन् । कोषमा १८ हजार ३७६ रोजगारदाता सूचिकृत भएका छन् ।

तपाईको प्रतिक्रिया