Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – श्रीमानका हत्यारालाई दिइएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको भोलिपल्टै भारती मानन्धर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी छन् । शुक्रबार बिहान भारती ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी हुन् ।

सर्वोच्च अदालतले भारतीका श्रीमान् चेतन मानन्धरका हत्यारा योगराज ढकाल ‘रिगल’ ले पाएको आममाफी बदर गरेको थियो । ओलीसँगको भेटका क्रममा भारतीले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिइन् । ओलीले आफू नेपालगञ्ज जाँदा त्यतिबेलाको घटना सुनेपछि नै कैद मिनाहा गर्ने सरकारको निर्णयको विरोध गरेको बताए । ‘सरकारले गरेको अन्यायविरुद्ध म सधैँ साथमा छु’, एमाले अध्यक्ष ओलीले भारतीलाई सान्त्वना दिँदै भने, ‘स्वास्थ्यको ख्याल गर्नू । बेहोस भइरहनुहुँदो रहेछ । राम्ररी उपचार गराउनू ।’

सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय हिजो बदर गरिदिएको हो । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो ।

चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो । अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो ।

न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरु समेत मगाएका थिए । अदालतले सो निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुन समेत आदेश दिएको थियो ।

सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए । २०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसन समेत बसेकी थिइन् ।

तपाईको प्रतिक्रिया