Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाण्डु – रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ। आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको युनिफर्ममै कुटाकुट भएको हो ।

यसैबीच नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै पाइलटको लाइसेन्स सस्पेन्ड गरेको छ । प्राधिकरणले उनीहरूलाई ग्राउण्डेड गर्दै थप छानविन गर्ने जनाइसकेको छ । उक्त घटना बाहिरिएपछि दुवै निलम्बनमा परेका हुन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार घटनाको विस्तृत छानविन गरेर कति समयका लागि लाइसेन्स निलम्बन गर्ने भन्नेबारे निक्र्यौल हुनेछ ।

 

तपाईको प्रतिक्रिया