Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले टोकियोमा सामूहिक म्हँः पूजा तथा नेपाल संम्बत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । फोरम हरेक वर्ष झैँ यस वर्ष पनि टोकियोमा सामूहिक म्हँः पूजा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।

नेपाल एक बहुभाषिक, बहुधार्मिक अनि बहुसंस्कृतिले धनी देश हो । त्यसमध्ये पनि विभिन्न संस्कृतिले धनी नेवा: समुदायको स्वन्ति (तिहार) अथवा म्हँः पूजा एक ठुलो पर्व हो । म्हँः पूजा अर्थात् जिउ शुद्ध गर्ने हेतुले आफ्नो लगायत आफ्नो परिवार, आफन्तजनको शरीरको पूजा गरिन्छ । शरीरमा कुनै पनि रोग व्याद नलागोस्, भएको रोग पनि निको होस् भनेर कामना गरिन्छ ।

आयोजककाअनुसार यस कार्यक्रममा नेवार मात्र नभई अन्य जातीका तथा समुदायको व्यक्तिहरूले पनि सहभागिता जनाउन सक्नेछन् । नेवार परम्परा, नेवारी खानामा इच्छुक हुनुहुन्छ भने अवश्य पनि सहभागी जनाउनहुन आयोजक संस्थाले जापानवासी नेपालीमा अनुरोध गरेको छ ।म्हँः पूजामा सहभागी हुन इच्छुक व्यक्तिहरूले पहिलेनै सम्पर्क गरेर आफ्नो नाम टिपाउनु पर्नेछ । यसको कारण म्हँ पूजाको लागि प्रत्येक व्यक्तिको लागि मण्डप बनाउनुपर्ने भएकोले पनि पहिले बाट सहभागी संख्या तय गर्न आवश्यक रहेको संस्थाले जनाएको छ । पहिलेबाट नाम नटिपाएको व्यक्तिहरूलाई मण्डप व्यवस्था गर्न नसक्ने हुनसक्ने भएकोले सहभागी इच्छुक सबैले नाम टिपाउन हुनपनि आयोजक संस्थाको महासचिव शिव तण्डुकारले अनुरोध गरेको छ ।

सहभागिताको लागि नाम टिपाउन र कार्यक्रम सम्बन्धी अन्य जानकारीको लागि संस्थाको प्रतिनिधिलाई सम्पर्क गर्नसक्नेछन् । 080-6555-6667(शिव) / 080-3259-6002 (रबी)/ 080-3259-6002(बाल)/070-8953-2328 (बिगेन)

तपाईको प्रतिक्रिया