Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाल अहिले तस्करीको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा बदनाम भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो स्थिति अचानक सिर्जना भएको होइन । त्यसतर्फ सरकार कतिसम्म लाचार छ भन्ने कुरा विगतका घटनाक्रमले देखिएको छ । दैनिक जसो क्विन्टलका क्विन्टल सुन नेपाल भएर तस्करी हुन्छ । राज्यको औपचारिक संरचना र पदाधिकारीहरू संलग्न हुन्छन् ।’

उनले सरकारले अपराधी र तस्करीलाई दण्डित गराउनको लागि कुनै कदम नचालेको बताए । उनले भने, ‘सरकारले तस्करीलाई कारबाही गर्नको लागि प्रतिपक्षले उठाएको जायज मागलाई लामो समयसम्म सुनेन । हामीले सदन अवरोध नगरेको भए सुन तस्करीको विषयमा जुन जाँच आयोग बन्यो त्यो बन्दैनथ्यो । अहिले पनि भेपमा भएको तस्करीबारे भएको साढे ९ किलो भनिएको त्यो सुन कहाँ छ ? यसरी तस्करी भएको सुनलाई समेत राज्यकोषमा दाखिल गर्न नसक्ने अवस्थामा सरकार छ ।’

 

तपाईको प्रतिक्रिया