Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल ओमानसँग पराजित भएसँगै सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ । युएईले हङकङलाई २२ रनले पराजित गर्दै समूह बी को विजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने निश्चित भएको हो ।

युएई समूह बी मा तिनै खेल जितेर ६ अंकसहित समूह विजेता बनेपछि समूह ए को उपविजेता बनेको नेपालसँग सेमिफाइनलमा खेल्ने भएको हो । नेपालले सेमिफाइनलमा युएईविरुद्ध शुक्रबार बिहान ११ बजेदेखि  मुलपानी क्रिकेट मैदानमा खेल्ने छ ।

त्यसैगरी अर्को सेमिफाइनलमा ओमानले समूह बि को उपविजेतासँग खेल्ने छ । समूह बि को उपविजेताको टुंगो आजै हुने बहराइन र कुवेतबीचको खेलपछि लाग्ने छ ।

तपाईको प्रतिक्रिया