Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपाल आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा समूह ‘ए’को उपविजेता बनेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

नेपाललाई जितका निम्ति अन्तिम ओभरमा २७ रन आवश्यक थियो । अन्तिम ओभर बलिङमा ओमानका बिलाल खान आएका थिए । बिलालले गरेको पहिलो बलमा क्रिजमा रहेका विवेक यादवले छक्का प्रहार गरे । त्यसपछिको बल वाइड हुँदा विवेकले दोस्रो बलमा पनि छक्का नै प्रहार गरे । तेस्रो बलमा पनि विकेटले छक्का प्रहार गरे । तर, चौथो बलमा विवेक क्याच आउट भएपछि नेपाल पुनः दबाबमा आएको थियो । पाँचौँ बलमा अभिनाश बोहराले एक रन लिँदै करण केसीलाई ‘स्ट्राइक’ दिएका थिए । अन्तिम बलमा करणले छक्काकै निम्ति प्रहार गरे पनि ‘डाउन दी ग्राउन्ड’ कलिमुल्लाहबाट क्याच भएपछि नेपाल पाँच रनले पराजित भयो ।

विवेकले २४ बलमा पाँच छक्कासहित ३९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कुशल भुर्तेलले १८ बलमा एक चौका र तीन छक्कासहित २६ रन जोडे । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२ रन थपे । कुशल मल्ल १० रनमा आउट भए । ओमानका बिलाल खानले तीन विकेट लिए । साकिल अहमेद, मेहरन खान र अकिब इल्यासले समान दुई विकेट लिए । जिसान मक्सुदले एक विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसान मक्सुदले ३२ रन बनाए । नसिम खुशीले २५, प्रतिक अथावालेले २४, अयान खानले १८ र साकिल अहमेदले २२ रन थपे ।

नेपालका करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । अभिनाश बोहरा र गुल्सन झाले एक/एक विकेट झारे । नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरविरुद्ध आठ र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । ओमानले भने पहिलो खेलमा मलेसियालाई ३२ र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो ।

समूह ‘ए’को उपविजेता बनेको नेपालले अब फाइनल प्रवेशका निम्ति समूह ‘ए’को विजेता युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्नेछ । समूहमा नेपालले तीन खेलबाट चार अंक जोड्यो । नेपालसँगको जितसँगै शीर्ष स्थानमा उक्लिएको ओमानले तीन खेलबाट ६ अंक बनायो । ओमानले अब समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया