Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

काठमाडौँ – बलिउड अभिनेता शाहरूख खानको ५८ औं जन्मदिनको अवसर पारेर फिल्म ‘डंकी’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार रेड चिल्लीज इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। यस विशेष दिनमा, फ्यानले अन्ततः त्यो उपहार पाएका छन् जसको लागि उनीहरू उत्सुक थिए । सार्वजनिक टिजरमा अभिनेता शाहरूखले आफ्ना भाइलाई लन्डन पठाउन गरेको संघर्षलाई देखाइएको छ।

राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। इमिग्रेसनको विषय वस्तुमा केन्द्रित फिल्ममा निर्देशक हिरानी र गौरी खानको लगानी रहनेछ।

बलिउड अभिनेता शाहरुख खान र निर्देशक राजकुमार हिरानी पहिलो पटक एकसाथ काम गर्दैछन्। यो फिल्म क्रिसमसको अवसर पारेर प्रदर्शन हुनेछ। यतिबेला हलमा शाहरूखको फिल्म ‘जवान’ प्रदर्शन भइरहेको छ। फिल्मले ५६ दिनमा भारतीय बक्स अफिसमा ६४२ करोड ५७ लाख भारू कमाएको छ। यो ६०० करोड क्लबमा सामेल हुने पहिलो हिन्दी फिल्म हो। फिल्मले विश्वभरबाट ११४६ करोड भारू कमाएको छ।

 

तपाईको प्रतिक्रिया