Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ। बिहीबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.५७ रुपैयाँ खर्चिनुपर्ने भएको छ। नेपाल राष्ट्र बैङ्कले बिहीबारलाई १ डलर बराबर १३३.५७ रुपैयाँ बिक्रीदर तोकेको छ। यस्तै खरिद दर १३२.९७ रुपैयाँ छ। ११ महिनादेखि केही सामान्य उतारचढाव आए पनि गत असोज २ गते डलरको भाउ बढेर १३३.५४ रुपैयाँ कायम भएको थियो। असोजदेखि डलरको भाउ १३३ रुपैयाँबाट तल झरेको छैन।

भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मङ्गलवार १ डलर बराबर झन्डै ८४ भारु पुगेको भारतीय रिजर्भ बैङ्क ९आरबीआई० ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो।

डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। भारु र नेपाली रुपैयाँबिच स्थिर विनिमय दर (फिक्स पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ।

नेपाल र भारतमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदा अन्य मुद्रा कमजोर बन्दै गएको देखिएको छ। विश्वमा ८० प्रतिशत भन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले निरन्तर ब्याजदर बढाएपछि भारतजस्ता उदीयमान मुलुकहरूबाट डलरमा भएको लगानी फिर्ता गइरहेको छ। डलर सञ्चिति घट्दै गएपछि स्थानीय मुद्रा कमजोर हुन पुगेको हो।

 

 

तपाईको प्रतिक्रिया