Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष अभियानअन्तर्गत गर्न लागिएको जनपरिचालनबारे बाहिर गलत प्रचार भएकोमा तीव्र असन्तुष्ट पोखेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा माओवादी बागमती प्रदेशको बैठकमा सम्बोधन गर्दै उनले जनपरिचालन सम्बन्धमा सञ्चारमाध्यमले गलत प्रचार गरेकोमा असन्तुष्टि पोखेका हुन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सङ्घीयता,गणतन्त्र, समावेशी लोकतन्त्रमाथि चुनौती थपिएको भन्दै प्रतिगामी शक्तिविरूद्ध आगामी मङ्सिर २२ गते काठमाडौँ केन्द्रित जनप्रर्दशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति जनआक्रोश पैदा भएपछि मङ्गलवार नै माओवादीले विज्ञप्ति जारी गरी समाचारको खण्डन गरेको थियो । सोही विषयलाई लिएर प्रचण्डले असन्तुष्टि जनाएका सम्पर्क समन्वय प्रदेशका इन्चार्ज एवं उपाध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिए ।

‘केन्द्रीय समितिले गरेको निर्णय बमोजिम विशेष अभियानकै क्रममा जनपरिचालन गर्ने निर्णय गरेको हो । तर सञ्चार माध्यममा जनपरिचालन विरुद्ध गलत समाचार सम्प्रेषण भएकोमा उहाँले असन्तुष्टि जनाउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।

तपाईको प्रतिक्रिया