Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चयन हुनु भएको छ । नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो ।

यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्य पनि उम्मेदवार थिए । भारतको नयाँ दिल्लीमा भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले कुल १० मत खसेकोमा २ मत प्राप्त गरे । आचार्यको प्रतिस्पर्धी बङ्गलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेदले ८ मत प्राप्त गरी क्षेत्रीय निर्देशक पदमा विजयी भएकी छिन् ।

गोप्य मतदानमा यो क्षेत्रमा पर्ने राष्ट्रका स्वास्थ्यमन्त्रीहरुले भाग लिएका थिए । डब्ल्यूएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

तपाईको प्रतिक्रिया