Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधबार पार्टी मुख्यालय च्यासलमा नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पुगे । झलनाथ डेढ वर्षअघि एमाले नै फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता हुन् । एमाले पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापानमा सहभागी हुन खनाल अपराह्न ३ बजे पुगेका थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि दुई पार्टीका नेताहरूबीच तिक्ततापूर्ण सम्बन्ध रहिआएको छ । खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले स्वागत गरे ।

झलनाथले हँसिलो मुद्रामा एमाले अध्यक्ष ओलीसँग कुराकानी गरेका थिए ।निमन्त्रणा पाए पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने चियापान समारोहमा सहभागी भएनन् । पार्टी कामको सिलसिलामा भन्दै नेपाल बुधवार रौतहट पुगेका छन् ।

पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपालसँग त्यति सहज नमानिरहेका झलनाथ एमाले फर्किने चर्चासमेत हुन्छ । पार्टी फुटाएर एकीकृत समाजवादी गठन माधवकुमार नेपाललाई दह्रो साथ दिएका झलनाथ पछिल्लो समय जिम्मेवारी प्रदानगायतका विषयलाई लिएर असन्तुष्ट छन् । चुनावमा पार्टीले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि खनाल लगायतका नेताहरू एमालेसँग पार्टी एकताको पक्षमा देखिएका छन् । अध्यक्ष नेपाल भने तत्काल एमालेसँग एकताको पक्षमा छैनन् ।

आफूहरूले आयोजना गरेको चियापान छल्नका लागि अध्यक्ष नेपाल गृहजिल्ला गएको नेकपा एमालेका एक नेताले आरोप लगाए । पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाललाई निमन्त्रण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया