Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा भएको कुटपिटको घटनापछि दुबै पक्ष प्रहरीमा पुगेको छ । समानान्तर समितिका अध्यक्ष आरके शर्माले संस्थापन पक्षका अध्यक्ष बद्री केसीलगायतविरुद्ध उजुरी दिएको भोलिपल्ट केसी पनि उजुरी बोकेर प्रहरी वृत्त दरबारमार्ग पुगेका हुन् ।

अध्यक्ष केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै जाहेरी दर्ता गराए । प्रहरी वृत्त दरवारमार्गमा दर्ता भएको जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्र कुमार शर्मा,बुद्धिसागर सुवेदी,गंगाधर गौतम,ठाकुर प्रसाद ढुंगाना र ओम शर्मालगायतमाथि तीनवटा अलग अलग अभियोगमा कारवाहीको माग गरेका हुन् ।

पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर गएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको केसी पक्षले जनाएको छ । दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरषा,हुलदंगा गर्ने व्यक्तिहरुमाथि अभद्र व्यवहारको कसूरमा कारवाही र वैयक्तिक गोपनियता तथा प्रतिष्ठथाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ ।

जाहेरीमा संघको कार्यालय र राष्ट्र बैकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ । उनीहरुबाट फेरि पनि कार्यालयमा तोडफोड र सम्पत्तिको हानीनोक्सानी गर्ने सम्भावना रहेकाले कारवाही माग गरिएको केसीले बताएका छन् ।यसअघि आरके शर्मासहितले मंगलबार नै प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका थिए । आरके शर्मासहित समानान्तर समितिका उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी र कोषाध्यक्ष ठाकुर ढुंगानाले दिएको उजुरीमा एनआरनए कार्यालयमा भएको कुटपिट सम्बन्धमा आवश्यक छानबिन गरी शान्ति सुरक्षाका साथै सीसी क्यामेरा फुटेज सुरक्षित गराउन निवेदनमार्फत आग्रह गरिएको छ ।

निवेदनमा कार्यालयमा अफिसका सबै कर्मचारीहरु दिएर बद्री केसीले एमालेका नेता र युवा संघका कार्यकर्तालाई प्रवेश गराइ गोप्य कार्यक्रम गराएको उल्लेख छ । सोही क्रममा एनआरएनए बेल्जियमका पार्षद तथा पत्रकार ओम शर्मासहित आफूहरू पुगेर कार्यक्रमबारे सोधखोज गर्दा बिनाकारण आक्रमण भएको निवेदनमा उल्लेख छ ।

सो क्रममा आफूहरुमाथि ज्यान मार्नेसम्मको धम्की दिइएको र सबै घटना बद्री केसीको निर्देशनमा गराइएकाले उनीसहित दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ । सहज वातावरण नबनेसम्म एसआरएनएको कार्यालय बन्द गराई आवश्यक कारबाही गर्न पनि माग गरिएको छ ।

यस्तै कुटपिटमा संलग्न शर्माले एमाले नेता महेश बस्नेत र बद्री केसीमाथि कारबाहीको माग गर्दै अर्को छुट्टै निवेदन पनि प्रहरीमा दिएका छन् । घटना भएको कार्यक्रममा एमाले नेता महेश बस्नेतको पनि सहभागिता रहेको थियो । दोषीमाथि कारबाही गर्न प्रहरीले ढिलाइ गरेको आरके शर्मा पक्षले गुनासो गरेको छ ।

तपाईको प्रतिक्रिया