Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ट्राफिक प्रहरीको कागजपत्र चेकजाँचको क्रममा भौतिक रूपमा सवारीचालक अनुमतिपत्र देखाउन नपर्ने भएको छ । यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । अब नागरिक एपमार्फत देखाउँदा हुने भएको छ । तर, सवारी नियम उल्लंघनबापत कारबाहीमा पर्दा भने अनिवार्य रूपमा लाइसेन्स बोक्नुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागरिकका सबै विवरण राख्न मिल्ने गरी सरकारले नागरिक एप बनाएको हो । तर, यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । एपमा नागरिकता, पासपोर्ट, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत विवरण प्राप्त गर्ने, कर तिरेको विवरण हेर्न मिल्नेलगायत सुविधा छन् । तर, प्रत्यक्ष सेवा प्रवाहसँग भने एप जोडिन सकेको छैन ।

तपाईको प्रतिक्रिया