Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नक्कली सर्टिफिकेट बनाएको आरोपमा एक ग्राफिक्स डिजाइनर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले नक्कली सर्टिफिकेट बनाएको आरोपमा काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने २३ वर्षीय साइरस विसंखेलाई सोमवार पक्राउ गरेको हो ।प्रहरीका अनुसार कात्तिक १ गते भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरुको कागजात शंकास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको थियो ।

बरामद कागजातमध्ये राहुलकुमार मण्डलको प्लस टुको सर्टिफिकेट नक्कली पुष्टि भएपछि अनुसन्धानको क्रममा साईरसले उक्त सर्टिफिकेट बनाएको रहस्य खुलेको हो । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका विसंखेले एक हजारभन्दा बढी सर्टिफिकेट बनाएको खुलेको छ ।

प्रहरीले साईरसलाई प्रिन्टिङ सर्भिसबाट एक थान मोबाइल तथा सीपियु, राहुलको प्लस टुसको नक्कली सर्टिफिकेटसहित नियन्त्रणमा लिएको जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका निम्ति प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।

तपाईको प्रतिक्रिया