Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट भएको छ। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको हो। एमाले निकट मानिने अध्यक्ष केसीलाई बधाई दिन नेता महेश बस्नेत नेतृत्वको युवा संघको टोलीले कार्यक्रम गरिरहेको बेला अर्को पराजित टिम पुगेपछि विवाद र हातपात भएको हो । पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ ।

पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुव्र्यवहार गरेको तथा बुद्धि सुवेदी र पत्रकार ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएको छ । आक्रमणबाट पत्रकार शर्माको ‍ओठमा चोट लागेको छ। एनआरएनको सम्मेलनबाट केसीले धाँधली गरेर चुनाव जितेको शर्मा पक्षको आरोप छ। उनीहरुले परिणाम अस्वीकार गर्ने भन्दा समानान्तर कार्यसमितिसमेत गठन गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएपछि एनआरएनए आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुव्र्यवहार र कुटपिट भएको भन्दै प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएको छ ।

 

तपाईको प्रतिक्रिया