बिहिबार, मंसिर २१, २०८०
Thursday, December 7, 2023

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । आज दिउँसो सवा १२ बजेबाट सुरु हुने कार्यक्रम साँझसम्म सञ्चालन हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएपछि आजका लागि सारिएको थियो ।चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमका लागि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निमन्त्रणा पठाएको छ ।

पर्वहरूको अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । सत्तारूढ दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान गरेको थियो।

 

 

तपाईको प्रतिक्रिया