Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल टी-२० विश्वकप छनौटको सेमिफाइनलमा पुगेको छ । नेपालले समूह ए अन्तर्गत मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो ।

मलेसियाले दिएको १६६ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन बनाएका थिए । मल्लले ३४ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन बनाएर आउट भएका थिए । त्यस्तै कुशल भुर्तेलले ४३, आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २, सन्दीप जोराले अविजित १८ र विवेक यादवले अविजित २ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए भने जुबैद जुलकिफ्लेले २४, शर्भिन मुनियांडीले १३ रन, विजय उन्नेले १३ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर अविनाश बोहोराले सर्वाधिक ३ विकेट लिएका थिए । अविनाशले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए । त्यस्तै नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो ।

यो जितपछि नेपालको २ खेलमा ४ अंक भएको छ भने समूह ए बाट सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ । नेपालसँगै समूह ए बाट ओमान पनि सेमिफाइनलमा पुगेको छ । २-२ खेलमा हार बेहोरेका सिंगापुर र मलेसिया भने सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । अब समूह चरणको अन्तिम खेलमा नेपाल र ओमान तथा सिंगापुर र मलेसिया खेल्ने तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया