Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजराइलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकका बारेमा कुराकानी गर्न थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धानुकारा कतार गएका छन् ।

साथै उनले मंगलबार नै इजिप्टको पनि भ्रमण गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजराइलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सयभन्दा बढी मानिस मारिएका छन् ।

जवाफमा इजराइली सेनाले गाजामा हमला गरेको छ । हमलामा ३ हजारभन्दा बढी बालबालिकासहित ८ हजार ३ सय मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो तथ्यांकअनुसार गाजामा हमासले २ सय ३० जनालाई बन्धक बनाएको छ । थाई विदेश मन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक हुन् । प्रधानमन्त्री श्रेथा थाभिसिनले सोमबार थाई नागरिकहरूलाई स्वदेश फर्काउन पहल गरिरहेको बताएका थिए ।

उनले बुधबार इजिप्टका विदेशमन्त्रीसँग कुराकानी गर्नुअघि मंगलबार कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्नका लागि विदेशमन्त्री पर्णप्रीलाई कतार पठाएका हुन् । पर्णप्रीले इजराइल र गाजामा जारी हिंसाका कारण बन्धक बनाइएका थाई नागरिकको स्थितिबारे कुराकानी गर्ने विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

द्वन्द्व सुरु हुँदा इजराइलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका छन् । एएफपी

तपाईको प्रतिक्रिया