Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालमा रहेका करीब ६० प्रतिशत घर एकतले रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभरका ७५ लाख ५२ हजार ६६ घरमध्ये ५९‍.८२ प्रतिशत घर एकतले छन् । दुईतले घर भने २८‍.७८ प्रतिशत छन् ।

त्यस्तै, तीनतले घर ९‍.१७ प्रतिशत, चारतले घर १‍.३ प्रतिशत, पाँचदेखि साततले घर ०‍.६४ प्रतिशत, आठदेखि नौतले घर ०‍.०१ प्रतिशत र दशभन्दा बढी तला भएका घर ०.००३ प्रतिशत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एकतले घरमध्ये ८४.२ प्रतिशत घर मधेश प्रदेशमा छन् ।

राष्ट्रिय जनगणनाको क्रममा २०७८ भदौ-असोजमा घर र परिवार सम्बन्धी विवरण संकलन गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया