Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलमा मारिएका नेपाली विद्यार्थी १० जनाकै शव पहिचान भएको छ । तेल इजरायल अबिबस्थित नेपाली राजदूतावासका अनुसार सोमबार थप २ जना विद्यार्थीको शव पहिचान भएसँगै सबैको पहिचान भएको हो ।

पहिचान हुने विद्यार्थीमा राजेशकुमार स्वर्णकार र आनन्द साह रहेका छन् । पहिचान भएका सबै शवहरू आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइरहेको दूतावासले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरू इजरायल गएका थिए ।

तपाईको प्रतिक्रिया