Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा जारी आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा बहराइनले हङकङलाई २० रनले हराएको छ । जारी प्रतियोगितामा बहराइनको यो पहिलो जित हो । ऊ पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो । हङकङले पहिलो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । उसले बहराइनविरुद्ध भने खराब ब्याटिङ गर्‍यो ।

बहराइनले दिएको १ सय ४७ रनको मध्यम लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमै अलआउट भयो । उसका लागि अंशुमन रथले २८, जीशान अलीले २१, एजाज खानले १९ र नसरुल्लाह रानाले १६ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बहराइनका लागि अब्दुल माजिदले तीन, अली दाउद र रिजवान बटले दुई/दुई विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन १९.३ ओभरमा १ सय ४६ रनमा अलआउट भयो । उसका लागि विकेटकिपर इमरान अलीलले ४३ बलमा ५ छक्का र ३ चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै, इमरान अनवरले १५, हैदर बटले १४ र रिजवान बटले १३ रन जोडे ।

हङकङका लागि नसरुल्ला रानाले तीन, यासिम मुर्तजा, एजाज खान र एहसान खानले एक/एक विकेट लिए । अब समूह चरणको अन्तिम खेलमा हङकले यूएई र बहराइनले कुवेतको सामना गर्नेछन् । समूह चरणको अन्तिम खेल बिहीबार हुनेछन् ।

 

तपाईको प्रतिक्रिया