Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैछ । संसद भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रयोजनका लागि राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरी सभामुख देवराज घिमिरेले बैठक बोलाएका हुन् ।

संसद् सचिवालयले दुवै संसदका सदस्यहरूको उपस्थितिका लागि सूचना समेत जारी गरेको छ । बैठकमा राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ । गुटेरेसको सम्बोधनलगत्तै सोही बैठकले उनलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

तपाईको प्रतिक्रिया