Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा करिब ६० प्रतिशत मानिसले रुघाखोकीको उपचारमा एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने गलत धारणा राख्ने गरेको पाइएको छ ।

हालै गरिएको एक सर्वेक्षणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सम्प्रेषित समाचार अनुसार ५०० जनामा गरिएको एक अनलाइन सर्वेक्षणमा करिब ५६ प्रतिशतले एन्टिबायोटिकले रुघाखोकी निको पार्न सक्ने बताएका थिए । विद्यालय जानु पहिलेका बच्चाका करिब ६७ प्रतिशत अभिभावकले यो औषधिले भाइरससँग लड्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

सामान्य रुघाखोकी र इन्फ्लुएन्जा दुवै भाइरल संक्रमण हुन्, जसको अर्थ एन्टिबायोटिक्स अप्रभावी उपचार हो । अर्को एक सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ६३ प्रतिशत मानिसले एन्टिबायोटिकले भाइरल सङ्क्रमण निको पार्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

टोकियोस्थित नेसनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको सेन्टर हस्पिटलका अनुसार घाँटी दुख्ने वा सिँगान बग्ने समस्या पनि उस्तै छ । इन्फ्लुएन्जा, रुघाखोकी र कोभिड-१९ एन्टिबायोटिकले उपचार गर्न सक्ने प्रमुख तीन भाइरस भएको अस्पतालले जनाएको छ ।

चिकित्सा विशेषज्ञहरूले एन्टिमाइक्रोबियलको दुरुपयोग र अत्यधिक प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोध बढाउन सक्ने चेतावनी दिएका छन् जसले संक्रमणसँग लड्न कठिन वा असम्भव बनाउँछ । जापान  सरकारले एन्टिमाइक्रोबियल प्रतिरोधात्मक शक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ, जसलाई चिकित्सकहरूले ‘मौन महामारी’ का रूपमा अर्थ्याउने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया