Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती मानन्धरलाई अस्पताल लगिएको छ । सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनबीच भारती मानन्धर मञ्चमै बेहोस भएपछि उनलाई वीर अस्पताल लगिएको हो ।

पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई बोल्दै गर्दा कुर्सीमा बसिरहेकी भारती बेहोस भएकी हुन् । अहिले उनको उपचार जारी छ । रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । त्यसअघि उनी भारतीकी श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय काटिरहेका थिए ।

२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतनमाथि खुँडा प्रहार भएको थियो । मानन्धरको मृत्यु पछि रिगल फरार थिए । मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालत उपस्थित आत्मसमर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया