Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चारदिने औपचारिक भ्रमणमा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका विषयमा गम्भीर रुपमा छलफल भएको बताएका छन्। आइतबार सिंहदरबारमा महासचिव गुटेरेसलाई स्वागत गरेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। साथै, नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी गराउँदै महासचिव गुटेरेसलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेको पनि जानकारी गराएको पनि उनले बताए।

‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ। त्यसलाई टुंगोमा पुरयाउन पनि संयुक्त राष्ट्रसंघका महासचिवको हैसियतमा महत्त्वपूर्ण भूमिका हुने हामीले भनेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय हित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हितका विषयमा छलफल भएको जानकारी पनि दिए।

महासचिव गुटेरेस आज बिहान सगरमाथा क्षेत्रको अवलोकन भ्रमणपछि दिउसो पोखरा जाने
नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज (सोमबार) सगरमाथा क्षेत्रको अवलोकन भ्रमणमा जानेभएका छन्।सगरमाथा क्षेत्रबाट फर्केपछि आजै दिउँसो उनी पोखरा जाने कार्यक्रम छ। मौसम अनुकूलताअनुसार गुडेरेस आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने तयारी छ।सगरमाथा क्षेत्रबाट फर्किएपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयमा राखिएको बैठकमा उनी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नेछन्।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारी सहभागी छन्।महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे नेपाल आएका हुन्। भ्रमणको पहिलो दिन आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसंग पनि महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए। भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र, पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी पनि जाने कार्यक्रम छ। यही कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा गुटेरेस नेपालको औपचारिक भ्रमणमा आएका हुन्। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) का दिन काठमाडौँबाट प्रस्थान गर्नेछन्। (रासस)

 

तपाईको प्रतिक्रिया