Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल-हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् ।

आइतबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् ।

साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

तपाईको प्रतिक्रिया