Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राउण्ड अन्नपूर्ण पदमार्गमा गएकी एक जापानी महिला पर्यटकको मनाङको धारापानीबाट उद्धार गरिएको छ । ७४ वर्षीया जापानी महिला कुरिको कुरी बायासीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको हो ।

लमजुङको बेसीसहर हुँदै राउण्ड अन्नपूर्ण चर्किय पदमार्गमा निस्किएको टोलीमा अस्वस्थ बनेकी बायासीसहित २ जना जापानी र ३ जना नेपाली पथ प्रदर्शक थिए । उनीहरू कल्चर ट्रेक एस्पिटेसन ट्राभल एजेन्सीसँग समन्वय गरी मनाङ पुगेका थिए ।

जापानी गाइड जीतकाजी तामाङले आफूहरूले लिएर गएको महिला पर्यटक बिरामी भएपछि मनाङबाटै काठमाडौं फर्किएको बताए । मनाङको होटलमा बास बसेको बेला राति उनी बिरामी परेकी थिइन् ।

तपाईको प्रतिक्रिया