Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई मंगलबार सम्बोधन गर्ने भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले महासचिव गुटेरेसले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएका हुन् । उनले कार्तिक १४ गते दिउँसो ४ बजे संसद्लाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसदलाई पठाएको पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८० कात्तिक २ गतेको बैठकबाट संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टिनियो गुटेरेसले २०८० कात्तिक १२ देखि १५ गतेसम्म गर्नुहुने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत भएको र उक्त भ्रमणका सिलसिलामा उहाँले २०८० कात्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोले त्यसका लागि आवश्यक व्यवस्था गरिदिनहुन अनुरोध गर्दछु ।’

सभामुख घिमिरेले उक्त दिन दिउँसो ३:४५ मा मर्यादित पोसाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशनसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया