बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका व्यक्तिलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि विरोध गर्दै आएकी भारती मानन्धरले पुनः रिले अनसन शुरु गरेकी छन्। भारतीले आजबाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी हुन्।

गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि उनले पुनः रिले अनसन शुरु गरेकी हुन्। श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया