Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित अमेरिकी टेलिभिजन शो ‘फ्रेण्ड्स’ का अभिनेता म्याथ्यु पेरीको ५४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार, पेरीको शव लस एन्जलसस्थित उनको घरमा भेटिएको हो । निधनकाे कारणबारे थप कुरा बाहिर आएकाे छैन । उनले ९० को दशकको हिट अमेरिकी टीभी शो ‘फ्रेण्ड्स’ मा श्यान्डलर बिङ्गको चर्चित भूमिका निभाएका थिए ।

न्युयोकै शहरमा बस्ने ६ युवा साथीहरूको जिन्दगीमा बनेको टिभी शोको प्रसारण सन् १९९४ देखि २००४ सम्म भएको थियो । २००० को दशकमा यसको फाइनल एपिसोडलाई ५.२५ करोड मानिसले हेरेका थिए ।

तपाईको प्रतिक्रिया