Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनिओ गुतेरस भोलि आइतबार नेपाल आउँदै छन्। गुतेरस चारदिने भ्रमणका लागि भोलि नेपाल आउन लागेका हुन्। महासचिव गुतेरसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रधानमन्त्री दाहालको नेपाल भ्रमणको निम्तो स्विकार्दै उनी नेपाल आउन लागेका हुन्।

यस्तो छ गुतेरसको कार्यतालिका

महासचिव गुतेरस भोलि आइतबार राति १ बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ। उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नेछन्। उनले दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। उनले नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ। महासचिव गुतेरस ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनमा जाने र त्यसपछि प्रधानमन्त्रीद्वारा आयोजित रात्रिभोजमा सरिक हुने जनाइएको छ।

सोमबार गुतेरस जलवायु परिवर्तनको असर बुझ्न सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन्। त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित राष्ट्रसंघको कार्यक्रममा सहभागी हुनेछन्।त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ। कात्तिक १४ गते मंगलबार महासचिव गुतेरस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यतालिका छ। त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यतालिका छ।

लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ। त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्ने जनाइएको छ। कात्तिक १५ गते बुधबार महासचिव गुतेरस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ।

केके छ नेपालको एजेण्डा?

गुतेरस नेपाल आउने टुंगो लागेसँगै उनका सामु नेपालले राख्ने एजेण्डाको विषयमा चर्चा हुन थालेको छ। गुतेरसको नेपाल भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको भेटमा उनीहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको कुराकानी गरेको बताइएको छ।

गुतेरसले १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ। प्रधानमन्त्री प्रचण्ड गुतेरसले संसद्लाई सम्बोधन गर्नुअघि नै संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक पारित गर्न चाहन्छन्। त्यसैले उनले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गरेर सो विधेयक पारित गर्ने विषयमा छलफल गरेको बताइएको छ।

विधेयकका अधिकांश विषयमा सहमति जुटेको छ तर विधेयकमा भएका हत्याको विषयलाई मानवअधिकार उल्लंघनको विषय मात्रै मानेर पीडकलाई उन्मुक्ति दिने प्रावधानको विषयलाई लिएर भने एमाले विधेयक अहिलेकै अवस्थामा पारित गर्ने पक्षमा छैन।

प्रधानमन्त्री प्रचण्ड भने प्रतिपक्षीको समेत सहयोगमा टिआरसी विधेयक पारित गर्ने र शान्तिसम्झौता टुंगोमा पुर्‍याउन अन्तरराष्ट्रिय समुदायबाट सहयोग पाउने अपेक्षामा रहेको माओवादीका एक नेता बताउँछन्। त्यसैगरी नेपालले महासचिव गुतेरसलाई नेपालमा लगेर सबैभन्दा महत्त्वपूर्ण रूपमा जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकमा कसरी परिरहेको छ भन्ने सन्देश संसारभर दिन चाहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया