Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौँमा सोमबारदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा स्पीनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । सन्दीप हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा खेलेका थिएनन् ।

नेपाली टिम:-आगामी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म अर्थात् कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।

नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् । नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो । यस अघि टी-२० विश्वकपमा १६ देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउँदै छन् ।

तपाईको प्रतिक्रिया