Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं –  चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनका शुक्रबार बिहान सांघाईमा हृदयाघातको कारण निधन भएको हो ।

६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७ औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । लीलाई बिहीबार अचानक हृदयाघात भएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा लीको स्थानीय समय अनुसार करिब १२ बजेर १० मिनेट जादा मृत्यु भएको हो ।

सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ महाधिवेशनबाट महासचिव चयन भएसँगै सी चिनफिङ बेइजिङको मुख्य नेतृत्पवमा उदाएका थिए । ली पछिल्लो समय चीनको आर्थिक विकासका एक हस्ती मानिन्थे ।

तपाईको प्रतिक्रिया