Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन एकसाताका लागि आज सॅाझ अमेरिका जाँदैछन् । प्रवासी नेपाली एकता समाज पानसको निमन्त्रणामा लिङ्देन अमेरिका जना लागेको राप्रपा नेता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

लिङ्देन अक्टोबर २८ मा टेक्सास जाने र सोहीदिन टेक्सासमा हुने मम फेस्टिवलको आतिथ्यता ग्रहण गर्नेछन् । साथै नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनी अक्टोबर २९ मा टेक्सासको डलासमा करि लिफ रेष्टुरेन्टमा हुने पानस अमेरिकाको तेस्रो अधिवेशनमा सहभागी हुनेछन् ।

त्यस्तै, अक्टोबर ३० मा केन्टकीमा नेपालीहरूसॅग साक्षात्कार गर्ने र अक्टोबर ३१ मा ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । नोभेम्बर २ मा वासिंडटन डिसीस्थित नेपाली राजदूतावासमा भेटघाट गर्नेछन् ।

लिङ्देनले नोभेम्बर ४ तारिखमा पानस न्युयोर्कले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । नोभेम्बर ५ मा मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी भएपछि नोभेम्बर ६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया