Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकाको मेन राज्यस्थित लिविस्टनमा एक बन्दुकधारीको अन्धाधुन्ध गोलाबारीबाट २२ जनाको ज्यान गएको छ। एक व्यक्तिले खुलेआम पसल, रेस्टुरेन्ट लगायतका ठाउँमा गोलीकाण्ड मच्चाउँदा ६० जना घाइतेसमेत भएका छन् ।

प्रहरीका अनुसार मृतकको संख्या बढ्नसक्छ किनभने कैयौँ मानिसहरू गम्भीर घाइते भएका छन् । ल्युइस्टिन प्रहरीले ४० वर्षका रोबर्ट कार्डले गोली चलाएको पुष्टि गर्दै उनी सशस्त्र र खतरनाक भएकाले सचेत रहन आग्रह गरेको सीएनएनले जनाएको छ। प्रहरीले बन्धुकधारीको खोजी गरिरहेको छ। घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन्।

सहजै बन्दुक खरिद गर्न सकिने भएकाले अमेरिकामा बन्दुक हिंसाका घटनाहरू दोहोरिइरहन्छन् । यस वर्ष अक्टोबर २६ अर्थात् आजको मितिसम्ममा मात्र अमेरिकामा बन्दुक हिंसाका घटनाले ३५ हजार २७० जनाको ज्यान लिइसकेको छ । पछिल्लो १० महिनामा अमेरिकामा यस्ता घटनामा हरेक महिना करिब ३५ सय जनाले ज्यान गुमाइरहेका छन् । बन्दुक हिंसाको सोही अवधिमा अमेरिकामा ३० हजार ६२० जना घाइते भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया