Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – चीन भ्रमण सकेर उपप्रधानमन्ती तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बुधबार बिहान स्वदेश फर्किएका छन्। जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्किएका हुन् ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।

चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः०५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) मा अवतरण गरेका हुन्। चीन भ्रमणका क्रममा बेइजिङ रहँदा हृदयाघात भएपछि गृहमन्त्री श्रेष्ठ पूर्वनिर्धारित कार्यक्रमभन्दा केही दिन ढिला गरी स्वदेश फर्किएका हुन्।

तपाईको प्रतिक्रिया