Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल–हमास द्वन्द्व मध्यपूर्वका अन्य क्षेत्रमा फैलिने डरका बीच इरानलाई चेतावनी दिएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा बोल्दै ब्लिन्कनले यदि अमेरिकामाथि इरानको प्रोक्सी (समर्थक चरमपन्थी समूह)ले कुनै पनि आक्रमण गरे अमेरिका पनि जवाफी आक्रमणमा उत्रिने चेतावनी दिएका हुन्।

संयुक्त राष्ट्र सुरक्षा परिषदमा बोल्दै ब्लिन्केनले भने, ‘अमेरिका इरानसँग द्वन्द्व चाहँदैन। यो युद्ध अझै फैलियोस् भन्ने हामी चाहँदैनौँ।’ यसअघि अमेरिकी सेनाले गत साता इराक र सिरियामा रहेका आफ्ना सैन्य अखडाहरूमा दर्जनभन्दा बढी ड्रोन आक्रमण भएको र त्यसमा २० भन्दा बढी सैनिक सामान्य घाइते भएको बताएको थियो।

ब्लिन्केनले भने, ‘यदि इरान वा यसका प्रोक्सीले अमेरिकी सेनालाई कहीँ पनि आक्रमण गर्ने गल्ती नगरून्। हामी हाम्रा जनताको सुरक्षा गर्नेछौं , धेरै छिटो र निर्णायक कदम चाल्नेछौँ।’

 

तपाईको प्रतिक्रिया