Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – दसैँ टीकाको आज दोस्रो दिन । विजयादशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने गर्छन् ।

दशैँको मुख्य दिन विजयादशमीमा भेट्न र जान नभ्याएकाहरु आजदेखि आफन्तसँग टीका थाप्न जाने गर्छन् । टाढा रहेका आफन्त तथा मान्यजनहरू कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउजाउ गर्नेहरूको चहलपहल जारी छ ।

नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । घटस्थापनाका दिन दसैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजाआराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया