Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – एनआरएनएका नवनिर्वाचित अध्यक्ष आरके शर्माले बालुवाटारस्थित केन्द्रीय कार्यालय विदेशमा बस्ने नेपालीले १० डलर बचत गरेर बनाएको भन्दै यो कसैको बिर्ता नभएको बताएका छन् । सोमबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै शर्माले यस्तो बताएका हुन् ।

‘एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहेको आयोगले स्वीकार गरिसकेपछि एकपक्षीय रूपमा शपथ गरेर संस्था कब्जा गर्ने नियत एउटा पक्षले राखेको देखियो,’ शर्माले बहालीपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने,’हामीहरुले कामको आधारमा गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउने छौं ।’

निर्वाचन प्रणालीमा समस्या देखिएपछि आफूहरू पुननिर्वाचनको पक्षमा रहेको भन्दै उनले अर्को पक्षले नमानेको कारण अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरे । शर्माले २ वर्ष अगाडि अर्को एनआरएन खोलेको विनोद कुँवर नेतृत्व समितिसँग एकीकरण गरेर बलियो र एकताबद्ध एनआरएन बनाउने बताए । ‘गैरआवासीय नेपाली अभियानमा विदेशमा बस्ने सबै नेपालीलाई जोड्नु छ,’  शर्माले थपे, ‘विज्ञहरू अर्थविद् सबैको रोस्टर बनाउने,अभियानलाई देशको आर्थिक विकासमा जोड्ने छौं ।’आफूले दशैं बिदापछि केन्द्रीय कार्यालयबाट नियमित काम गर्ने पनि शर्माले जानकारी दिए । सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मा सहित पदाधिकारीले पद बहाली गरेका छन् । शर्मा सहित एनआरएनए उपाध्यक्ष गंगाधर गौतम,महासचिव बुद्धीसागर सुवेदी,सचिव लोक दाहाल,कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना,युरोप संयोजक चिन्तामणि सापकोटा पद बहाली गरेका हुन् ।

पद बहाली कार्यक्रममा एनआरएनएका पूर्व उपाध्यक्ष नारायण आचार्य सहितका अभियन्ता पद बहाली कार्यक्रममा उपस्थित थिए । शनिबार सम्पन्न भएको एनआरएनएको विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । शर्मा नेतृत्वको कार्यसमितिले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा,अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।

भेटमा प्रधानमन्त्री सहित नेताहरुले शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं सफल कार्यकालको कामना गरेका थिए । शर्माको नेतृत्वमा आएको नयाँ कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको सन्देश प्रधानमन्त्री,पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको रहेको थियो ।

तपाईको प्रतिक्रिया