Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :


काठमाडौँ – जनकपुरधामको मुख्य शक्तिपिठ राजदेवी मन्दिरमा हजारौँ बोकाको बलि दिइएको छ । महाअष्टमीको साँझ राजदेवी मातालाई हरेक वर्ष बलि दिने परम्परा छ । त्यही अवसरमा त्यहाँ १५ हजार २ सय ५१ बोकाको बली चढाइएको हो ।

आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरू भएको बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए। बलि चढाउन मन्दिर परिसरमा सयौँ स्वयंसेवक परिचालन गरिएको थियो । उनीहरू ४ वटा ठेलामा बोकाको बलि चढाए एक मिनेटमा करिब ३० वटासम्म बलि चढाइएको छ ।

यति धेरै सङ्ख्यामा बलि चढ्दा मन्दिर परिसर भने रगतले रङिएको छ । अहिले सरसफाइको काम भइरहेको आयोजकले जनाएको छ । यस वर्ष जनकपुरधाम उपमहानगरपालिकाले चढाइएको बोकाको व्यवस्थापनका लागि प्लास्टिकको बोराको व्यवस्था गरिदिएको थियो । बोका चढाइएपछि सो बोरामा हालेर बोका धनीलाई जिम्मा लगाउने व्यवस्था गरिएको श्री महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए।

निशा पूजा सम्पन्न भएपछि बोकाबलि दिइएको हो । सो अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, निवर्तमान मेयर लाल किशोर साह, वर्तमान उपप्रमुख किशोरी साह मन्दिर पुगेका थिए ।

तपाईको प्रतिक्रिया